Tune to BFM 91.2|Biratnagar

भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक

विराटनगर, १० वैशाख । भारतमा कोरोनाको संक्रमणका कारण ६ सय ४५ जनाको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार २० हजार १ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा मृतकको संख्या ६ सय ४५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तथ्यांकमा भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ ।

आज मात्र त्यहाँ १ हजार ५ सय ४१ नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै हिजो मात्रै ५३ जनाको मृत्यु भएको छ । आज भेटिएका धेरै संक्रमित महाराष्ट्रका हुन् । यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ७६ हजार नाघेको छ ।

संक्रमितमध्ये १ लाख ७८ हजार ८ सय बढीको मृत्यु हुँदा ७ लाख ४ हजार बढी उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा ८ लाख १९ हजार १ सय भन्दा अधिक छन् । त्यहाँ मृत्यु हुनेको संख्या ४५ हजार ३ सय नाघेको छ ।

यस्तै इटालीमा २४ हजार ६ सय, स्पेनमा २१ हजार ७ सय, फ्रान्समा २० हजार ८ सय, बेलायतमा १७ हजार ३ सय, जर्मनीमा ५ हजार बढीको मृत्यु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button