Tune to BFM 91.2|Biratnagar

भिड बढेपछि गुद्रीबन्द

विराटनगर, २९ चैत । विराटनगर–११ बसपार्क पश्चिमस्थित नयाँ तरकारी बजारमा अत्यधिक भीड बढेको भन्दै प्रहरीले बन्द गराएको छ ।

व्यापारी र उपभोक्ताले लकडाउनको पालना नगरेको भन्दै प्रहरीले तरकारी बजार बन्द गराएको हो । तरकारी बजारमा भीड हुँदा कोरोना भाइरसको जोखिम बढेको छ । कोरोनाको जोखिमलाई ध्यानमा राखेर तरकारी बजार बन्द गराउनु परेको प्रशासनको भनाइ छ ।

बिहान–बेलुकाका लागि तरकारी बजारमा लकडाउन केही खुकुलो बनाइएको थियो । तर, एकैपटक उपभोक्ताको अत्यधिक भीड लागेपछि बन्द गर्नुपरेको प्रहरीको भनाइ छ । तरकारी बजारलाई व्यवस्थित नबनाए प्रशासनले पूर्ण रुपमै बन्द गर्ने जनाएको छ ।

तरकारी बजार बन्द गर्न प्रहरी, नगर प्रहरी र स्वयम्सेवकहरु खटिएका थिए । तरकारी व्यवसायीहरुले कोरोनाको जोखिम न्यूनीकरणका निम्नतम मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रशासनले बिहान र बेलुका सञ्चालन गर्न दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button