भियतनामको भ्रमण सकी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

0
171

विराटनगर, ३० वैशाख । दक्षिण एशियाली पुर्वी मुलुकहरु भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नु भएको छ । बैशाख २६ गते विहिबार भियतनाम पुग्नु भएका प्रधानमन्त्री ओलीले तीन दिने भियतनामको भ्रमण सकेर कम्बोडिया प्रस्थान गर्नूभएको हो ।कम्बोडियामा प्रधानमन्त्री ओलीले समकक्षी हुन सेनस“ग प्रतिनिधिमण्डल स्तरीय औपचारिक वार्ता गर्नुहुनेछ । औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्ब्ली र सिनेटका अध्यक्षसँग भेट गर्नुहुनेछ । यस्तै उहाँले कम्बोडियाको राजधानी नोम पेनमा आयोजना हुने व्यापार बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here