भुक्तानी नपाएको गुनासो

0
159

विराटनगर, २७ साउन । बक्राहा खोलामा आएको बाढीले कटान तीब्र पारेपछि स्थानीयको नेतृत्वमा भएको अस्थायी तटबन्ध तथा च्यानलाईजको रकम भुक्तानी नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । स्थानीयबासीहरुले आज उर्लाबारी–८ सन्थाल टोलको बक्राहा खोलामा पत्रकार सम्मेलन गरी विपतका बेला गरिएको तटबन्ध र च्यानलाईजको रकम निकासाका लागि कुनै चासो नदिएको भन्दै आक्रोश पोखेका हुन् । स्थानीय सरकार प्रमुख, प्रदेश सांसद र संघीय सांसदसमेतले विपतका बेला काम गर्नु रकम निकास हुने आवश्वसन दिएको तर, अहिलेसम्म रकम निकासा नहुँदा समस्यामा परेको भन्दै स्थानीयबासीले सहयोगी हातहरुलाई सहयोगका लागि अपिल गरेका छन् । च्यानलाईजको रकम उर्लाबारी नगरपालिकाले दिने आश्वासन दिएको थियो भने प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) बाँसको पर्कोपाईनको खर्च कोशी तटबन्धमार्फत उपलब्ध गराउने आश्वसन दिए पनि नदिएको उपभोक्ता समितिका अध्यक्ष नारायण बस्नेतले बताउनु भयो । जनताको हितमा काम गर्छु बोलीले भन्ने तर, ब्यवहारमा अर्कै रुप देखाउने गरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । तटबन्ध र च्यानलाईजको क्रममा १४ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको र हालसम्म एक रुपैयाँ निकासा नभएको उहाँको भनाई छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here