भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्ने बिषयमा जोड

0
61
????????????????????????????????????

विराटनगर, २ माघ । जिल्ला विपद् ब्यवस्थापन समिति मोरङले आज एक कार्यक्रमको आयोजना गरि राष्टिय भुकम्प सुरक्षा दिवस मनाएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भूकम्पबाट हुने क्षति न्युनिकरणगर्न भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्ने बिषयमा जोड दिनुभयो । भूकम्प प्रतिरोधी भवनहरु निर्माण गर्नसके ९० प्रतिशत क्षति न्युनिकरण गर्न सकिने उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले नेपाल भुकम्पिय दृष्टिले उच्च जोखिममा रहेको बताउनुहुँदै पुर्वाधार निर्माणमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बिगतका भूकम्पहरुबाट भएको क्षतिबाट पाठ सिकेर तथा सम्भावित क्षतिको आंकलन गरेर उद्धार योजना बनाउनुपर्ने बिषयमा जोड दिनुभयो । कार्यक्रममा अन्य वक्ताहरुले भूकम्प जानु आफैमा समस्या नभएको बताउदै अब्यवस्थित विकासले बिनाश निम्तिने गरेको बताएका थिए । कार्यक्रममा नेपाली सेना,सशस्त्र प्रहरी,वल्र्डभिजन इन्टरनेशनल नेपाल र संघीय आयोजना कार्यान्वयन ईकाईका प्रतिनिधिहरुले भुकम्पसंग सम्बन्धित विभिन्न कार्यपत्र राखेका थिए । यसैबिच भुकम्पबाट हुने क्षति रोक्न भुकम्प प्रतिरोधात्मक घरहरु बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मोरंगको बेलबारी नगरपालिकाले गरेको भुकम्प सचेतना कार्यक्रमका सहभागिहरुले भुकम्प तथा अन्य दैविक प्रकोप वाट बच्ने खालका संरचना निर्माण गर्दा निर्माण व्यावसायीले ध्यान दिन समेत आग्रह गरिएको छ । दक्ष जनशक्ति तथा प्राविधिकहरुको निगरानि गरेर संरचनाहरु बनाउँदा धनजनको क्षति हुने सम्भावना कम रहेको उपप्रमुख ढाकाकुमारी पराजुलीले बताउनुभयो । घर बनाउँदा सावधानी नअपनाएकै कारण क्षति हुने गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here