Tune to BFM 91.2|Biratnagar

भूमाफियाले महानगरलाई प्रभावित पार्न खोजे

विराटनगर, २७ कात्तिक । भूमाफियाहरुले विराटनगर ११ को सरकारी ऐलानी जग्गा हडप्ने चलखेल गरी विराटनगर महानगरपालिका लाई समेत प्रभावमा पार्न खोजेको भन्दै जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका छन् ।

विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेसहित सदस्यहरु इन्दिरा गिरी, श्यामसुन्दर कामत, विमल पोख्रेल र रिंकु परियारले आज प्रेस विज्ञप्ति जारी गरी नापी छुट भई नम्बरी दर्ता हुन नसकेको दशकौं पुरानो बस्ती हटाउने र जग्गा हडप्ने चलखेलप्रति महानगर सचेत रहनुपर्नेमा जोड दिनुभएको हो । विराटनगर ११ केशलिया मार्गबाट दक्षिण तथा जनपथतर्फ जाने बाटोको पश्चिमतर्फ रौनियार मार्गमाा जोडिएको वस्तीमा विपन्न तथा गरीबहरु बसोबास गर्दै आएका छन् ।

विगतमा भूमाफियाले पटक–पटक सो नापी छुट भएको जग्गा दर्ता गर्ने प्रयत्न गरेका थिए । ती प्रयत्नहरु सफल नभएपछि पछिल्लो पटक विराटनगर ९ का अनिल थापा र नरेन्द्र साहले सरकारी जग्गामा अनाधिकृतरुपमा घर बस्ती बसाएकोले हटाइपाउँ भन्दै विराटनगर महानगरपालिकाको कानून शाखामा निवेदन दर्ता गरेका थिए । कानून शाखाले अवस्था नबुझी जग्गा खाली गर्ने म्याद पुर्जी जारी गरेपछि भूमाफियाको चलखेल सतहमा आएको हो । बस्तीमा १८ वटा घर छन् ।

वडा कार्यालय र जनप्रतिनिधिहरुलाई कुनै जानकारी नदिई तथा महानगरपालिकाको न्यायिक समितिलाईसमेत प्रभावित पार्नेगरी निवेदन दर्ता र पुर्जी जारी गर्ने क्रियाकलाप भएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । वडा कार्यालयलाई कुनै जानकारी र सूचनासमेत नदिइ पुर्जी जारी गरिएको भन्दै उहाँले तत्काल सो कार्य रोक्नुपर्ने बताउनुभएको छ ।

वडाध्यक्ष न्यौपानेसमेतले जारी गरेको विज्ञप्तिमा जनप्रतिनिधि तथा विपन्न परिवारको सरोकार सुनुवाई नगरे वडा कार्यालय महानगरको यस क्रियाकलापको विपक्षमा जनतामाझ जाने चेतावनी दिइएको छ । कोरोना महामारी बढिरहेको र सबै धर्मालम्वीहरुको महान चाडहरु नजिक आइरहेको बेला गरीब बस्ती नै हटाउने जस्तो क्रियाकलाप र कुचेष्टा थालिएको घटनाका बारेमा तत्काल छानविन गनुर््पर्ने जनप्रतिनिधिहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button