Tune to BFM 91.2|Biratnagar

भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोसी नदीको किनारामा खस्यो

विराटनगर, ३१ असोज । भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोसी नदीको किनारामा खसेको छ । आज दिउँसो भेडेटारबाट उडेको प्याराग्लाइडिङ पानी र तीव्र हावाका कारण कोसी किनारामा पुगेर खसेको हो । प्याराग्लाइडिङमा उडिरहेका सुनसरी धरान–१ का वडाध्यक्ष ४८ वर्षीय रोशन अधिकारी घाइते हुनु भएको छ ।

उहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उहाँको ढाडमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन । प्याराग्लाइडिङ उडिरहेको समयमा मौसममा आएको खराबी र हावाहुरीसँगै पानी परेकोले धरानमा अवतरण गर्न नसकेर उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच नजिकैको सप्तकोसी नदीको किनारामा प्याराग्लाइडिङ खसेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button