भेनेजुएलाका राष्ट्रपतिको हत्या प्रयास

0
172

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन्। । राजधानी कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्वोधन गरिरहेको समयमा ड्रोन विस्फोट भएको थियो। विस्फोटमा राष्ट्रपति सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्। । राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको भेनेजुएलाका सञ्चारमन्त्री जर्ज राड्रिग्जले बताएका छन्। उनका अनुसार यस घटनामा सात सैनिक घाइते भएका छन्। । खुला स्थानमा भएको सेनाको एक कार्यक्रमलाई राष्ट्रपति मदुरोले भाषण गरिरहेका थिए। भिडियोमा देखिए अनुसार अचानक सबै मानिसहरुले माथी हेर्दा हेर्दै घटना भएको थिया े। सैनिकहरु भाग्दै गरेको दृष्य समेत देखिएको छ। विस्फोटक पदार्थले भरिएका दुई ड्रोन राष्ट्रपतिले सम्वोधन गरिरहेको पोडिम नजिकै पुगेका थिए । आफ्नो हत्या प्रयास अमेरिका र कोलम्वियाले गरेको मदुरोले आरोप लगाएका छन्। । यो विस्पोटको जिम्मेवारी कसैले लिएको छैन। घटनापछि राष्ट्रपतिले मन्त्री र सैनिक अधिकारीसँग वैठक बसेका छन्। ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here