Tune to BFM 91.2|Biratnagar

भोजपुरमा क्वारेन्टाइन र आइसोलेसन कक्षहरुकोअनुगमन

विराटनगर, १५ वैशाख । पूर्वी पहाडी जिल्ला भोजपुरमा कारोना संक्रमण हुन नदिनका लागि निर्माण गरिएका क्वारेन्टाइन र आइसोलेसन कक्षहरुको स्थानीय प्रशासनले अनुगमन गर्न सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले स्थानीय तहसँगको समन्वयमा कोरोना संक्रमण रोकथामलाई प्रभावकारी बनाउन अनगमन थालेको हो । स्थानीय तहहरुले मापदण्ड पूरा नगरी बनाइएका क्वारेन्टाइन र आइसोलेसन कक्षको स्थलगत अनुगमनपछि व्यवस्थित गर्न समन्वय गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो ।

संक्रमण फैलिन नदिन भोजपुरमा पनि उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । जिल्लाको दक्षिणमा रहेको हतुवागढी गाउँपालिका ६ का युवा कोरोना संक्रमण पाइएकाले भोजपुरमा झन् उच्च सर्तकता अपनाउँदै गाउँपालिका प्रवेशका नाकाहरुसमेत शिल गरिएको छ ।

सरकारको लकडाउनको अवज्ञा गर्दै बिना काम बजार तथा सडक क्षेत्रमा हिंड्ने सर्वसाधरण र सवारीमाथि कारबाहीसमेत गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय भोजपुरले रामप्रसाद राई गाउँपालिकाले २ शैय्याको आइसोलेसन, ५० शैय्याको क्वारेन्टाइन, आमचोक गाउँपालिकाले १० शैयाको क्वारेन्टाइन र हतुवागढी गाउँपालिकाले ३ शैय्याको आइसोलेसन र ३६ शैयाको क्वारेन्टाइनको अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button