भोजपुर कारागारका तीनकैदी रिहा
विराटनगर, २४ चैत । भोजपुर कारागारमा थुनामा रहेका तीन कैदी छुटेका छन । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको विषम परिस्थितिलाई मध्ये नजर गर्दै जिल्ला कारागार कार्यालय भोजपुरका तीन जना कैदी छुटेका हुन ।
बहुविवाह मुद्धामा जेल जिवन विताईरहेका उनीहरुलाई बाँकी अवधीको कैदको रकम भुक्तान गरेपछि कैदमुक्त गरिएको जिल्ला कारागार भोजपुरका प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
एक वर्ष कैद सजाय तोकिएकोमा ८ महिना १२ दिन कैद भुक्तान गरि बाँकी तीन महिना १८ दिनको रकम भुक्तान गर्नबाँकी दुई जना र दुई दिन कैद भुक्तान गर्नबाँकी ३ सय ६३ दिनको रकम भुक्तान गरेकी एक महिला कैदमुक्त भएको कारागार कार्यालय भोजपुरले जनाएको छ ।
कैदमुक्त हुनेमा आमचोक गाउँपालिकाका दुई जना र हतुवागढी गाउँपालिका बस्ने एक जना रहेका छन् । भोजपुर कारागारमा ९७ पुरुष, १४ महिला र तीन आश्रित नाबालक गरी १ सय ११ जना कैदीबन्दीी थुनामा छन ।