Tune to BFM 91.2|Biratnagar

भोजपुर जानेले पिसिआर अनिवार्य गर्नुपर्ने

विराटनगर, २३ साउन । भोजपुर जाने शिक्षक र कर्मचारीले अनिवार्य पिसिआर गर्नु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले पिसिआर गरेको रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो ।

स्थानीय तहहरुले शिक्षक तथा अन्य कर्मचारीहरुलाई कार्यालयमा अनिवार्य हाजिर हुन भनेपछि जिल्ला बाहिरका शिक्षकहरु भित्रिने क्रम बढेपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

क्वारेन्टिनमा बस्दा लागेको खर्च र पिसिआर गर्दा लागेको खर्च स्वयम व्यक्तिले नै व्यहोर्नु पर्ने प्रमुख जिल्ला जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनु भयो । जिल्लामा पास नलिई भित्रिनेको संख्या बढदै गएको र पछिल्लो समय कोरोना संक्रमितको संख्यामा समेत बृद्धि हुदै गएकाले संकट ब्यवस्थापन केन्द्रको बैठकले बिभिन्न निर्णयहरु समेत गरेको प्रमुख जिल्ला अधिकारी पुरीको भनाई रहेको छ ।

अत्यवाश्यक काम वाहेक अन्य जिल्ला जानु वा आउनु परेमा अनिवार्य पास लिनु पर्ने भएको छ । विना पास सवारी साधन वा व्यक्ति जिल्ला प्रवेश गर्न खोजेमा जुन स्थानबाट आएको छ त्यहि फर्काइने निर्णय समेत बैठकले गरेको छ ।

सदरमुकामबाट ट्याक्सी रिर्जभ गरेर जिल्ला वाहिरा जादाँको भाडादर समेत निर्धारण गरिएको छ । जस अनुसार भोजपुर देखि धरान र इटहरीको भाडा १४ हजार र विराटनगरसम्मको भाडा १५ हजार कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button