Tune to BFM 91.2|Biratnagar

भोजपुर प्रवेशका सवै नाका सिल

विराटनगर, २१ जेठ । आरडिटी परीक्षणमा नौ जनाको रिपोर्ट पोजेटिभ आए पछि भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका प्रवेशका सवै नाका सिल गरिएको छ ।

जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको कोरोना परीक्षण गर्दा आरडिटी पोजेटिभ आए पछि थप सजगताका कायम गर्न नाका सिल गरिएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्वर १ का जनप्रतिनिधि सहित ९ जनाको मंगलवार आरडिटी रिपोर्ट पोजेटिभ देखिएको थियो ।

३८ जनाको आरडिटी परीक्षण गर्नेक्रममा ९ जनाको रिपोर्ट पोजेटिभ आएकाले थप संक्रमण फैलन नदिन गाउँकार्यपालिकाको निर्णय अनुसार गाउँपालिकामा प्रवेश गर्न नदिने र सम्पूर्ण प्रवेशका नाकाहरु सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश राईले जानकारी दिनुभयो ।

आरडिटीमा पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षणका लागि स्वाव संकलन गर्ने भनिएता पनि स्वास्थ्य सामग्री अभावका कारण समस्या भएको छ । परीक्षणका लागि स्वाब संकलन गर्न आवश्यक पर्ने सामाग्रीहरु प्रदेश सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राईले आरडिटी पोजेटिभ देखिदैमा कोही पनि आत्तिनु नपर्ने बताउँदै सजग र सजगता अपनाउन गाउँपालिकावासीलाई आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button