भोलि सार्वजनिक बिदा
काठमाडौं ११ जेठ । सरकारले मुस्लिम समुदायको इद उल फित्रका अवसरमा भोलि का लागि सार्वजनिक बिदा दिएको छ ।
नेपाल र दक्षिण एसियाबाट शनिबार चन्द्रमा नदेखिएकाले सो पर्व भोली मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयअनुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरिएको थियो ।
बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भएको हुँदा आजको सट्टा भोलि सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।