Tune to BFM 91.2|Biratnagar

भौतिक दूरी कायमगरी छठपर्व मनाउन माग

विराटनगर, २३ कात्तिक । सरकारले तोकेको मापदण्ड अनुसार भौतिक दूरी कायमगरी छठपर्व मनाउन त्रिलोकीनाथ तथा झरना चौक छठपूजा समारोह समिति विराटनगरले जिल्ला प्रशाशन कार्यालय मोरङको ध्यानाकर्षण गराएको छ ।

विराटनगरमा पत्रकार सम्मेलन गरी त्रिलोकीनाथ तथा झरना चौक छठपूजा समारोह समिति विराटनगरले सरकारले तोकेको मापदण्ड अनुसार भौतिक दूरी कायमगरी छठपर्व मनाउन दिन प्रशासनको ध्यानाकर्षण गराएको हो । झरना चौक छठपूजा समारोह समिति विराटनगरका अध्यक्ष अमृत साहले कोरोनाको कहरको बेला सर्तकता अपनाएर यस वर्ष छठपूजा गर्ने तयारी रहेको बताउनुभयो । उहाँले छठपूजामा एक घाटदेखि अर्को घाट सम्म भक्तालुहरुलाई जान नदिन समितिले रोक लगाउने निर्णय गरेको बताउनुभयो ।

साहले समितिले लिएको निर्णयमा सहयोगका लागि जिल्ला प्रशाशन कार्यालय मोरङलाई अनुरोध गर्ने बताउनुभयो । नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेश साह लगायतले हिन्दुहरुको महान चाड छठपूजालाई सवैको सहयोगले सर्तकता अपनाउँदै सम्पन्न गर्न आग्रह गर्नुभयो । छठपूजा यसवर्ष मंसिर ५ गते गरिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button