Tune to BFM 91.2|Biratnagar

मंगलबारे अस्पताल नामाकरण विवाद्लाई लिएर धर्ना सुरु

विराटनगर, ८ असार । मोरङको उर्लाबारी –३ मंगलबारेमा रहेको मंगलबारे अस्पताल नामाकरण विवाद्लाई लिएर प्रदेश १ सरकारको त्रुटि सच्याउन माग गर्दै अनिश्चितकालिन धर्ना कार्यक्रम सुरु गरिएको छ ।

प्रदेश १ सरकारले स्थानीय मंगलबारे अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरे सगै स्थानीयहरु बिरोधमा उत्रिएका हुन । अस्पतालको नाम परिवर्तन गर्ने घोषणा विरुद्ध आन्दोनरत सङघर्स समितीले आजदेखि अस्पताल गेट अगाडि धर्ना सुरु गरेको छ ।

नेपाली कांग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंच सम्वद्ध संघिय लिम्बुवान पार्टी नेपाल उर्लाबारी र मंगलबारेका युवा समुहलाई एक गरी निर्माण गरीएको सयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अन्र्तगतको शान्ति पूर्ण धर्ना कार्यक्रमको सुरुवात गरेको बताएका छन ।

प्रदेश १ सरकारले आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा हाल सन्चालनमा रहेको मंगलबारे अस्पतालको स्तरउन्नती गर्ने भन्दै अस्पतालको नाम नै परिवर्तन गर्नु पर्ने शर्त अगडी ल्याएको छ । सो प्रस्तावको बिरोध गर्दै स्थानीय बिगत १५ दिन देखि आन्दोलनरत रहेका छ्न ।

प्रदेश सरकारले स्थानीय सरकार तथा अस्पताल समितिसँग कुनै समन्वय नगरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरेको भन्दै चरणवद्ध आन्दोलन भैरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button