Tune to BFM 91.2|Biratnagar

मकुना हात्तीको अवस्था बारे निगरानी सुरु

विराटनगर १ पुस । मकुना हात्तीको अवस्था बारे निक्र्याेल गर्न चितवनबाट आएको प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा काम थालेको छ । पशु चिकित्सकसहितको तीन सदस्यीय टोलीले कोशी टप्पुमा आज बिहानैबाट मकुना हात्ती उपर निगरानी सुरु गरेको छ ।

कोशी टप्पु आइपुगेको टोलीमा पशु चिकित्सक डा. अमिर सडौलासहित वन्यजन्तु प्राविधिक तिर्थ लामा र एम्बुलेन्स चालक सुरेन्द्र तामाङ रहेका छन् । सो टोलीले आरक्षको कार्यालयसँगको समन्वयमा जंगली हात्ती मकुना रहेको स्थान पहिचान गरी निगरानी थालेको हो । डा. सडौलाले दिनुभएको जानकारी अनुसार पहिलो चरणमा जंगली हात्ती मकुनाको हाउभाउ बुझ्ने काम थालिएको छ ।

हात्तीले वितण्डा मच्चाउनुको पछाडीका सम्भावित कारणहरु प्राविधिकले यकिन गरेपछि अन्य प्रकृया अघि बढ्ने सडौलाले जानकारी दिनुभयो । मकुनाले जनधनको क्षति पुर्याउँदै आएको विषयलाई स्थानीयले हात्तीको मनस्थिति बिग्रिएको हुन सक्ने आशंका जताएका छन् । उनीहरुले हात्ती मार्नुपर्ने माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button