Tune to BFM 91.2|Biratnagar

मछिन्द्रलाई माईभ्याली गोल्डकपको उपाधि

विराटनगर, २४ फागुन । मछिन्द्र क्लबले माईभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि जितेको छ । आज ईलामको टुँडिखेलमा भएको फाईनलमा आयोजक माईभ्याली क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो ।

अतिरिक्त समयमा विदेशी खेलाडी आन्द्रेस नियाले मछिन्द्रका लागि विजयी गोल गरे । मछिन्द्रले पहिलो पटक माईभ्याली गोल्डकपको उपाधि उचालेको हो । दुवै टिम पहिलो पटक फाईनल पुगेका थिए । मछिन्द्रले सिजनको तेस्रो उपाधि हात पारेको छ ।

मोफसलमा भने मछिन्द्रको यो दोस्रो गोल्डकप उपाधि हो । उसले यसअघि झापामा भएको सताक्षी गोल्डकपको उपाधि जितेको थियो । यस बर्षको लिग च्याम्पियन बनेको मछिन्द्र बुढाशुब्बा गोल्डकपमा फाईनल यात्रा तय गर्न सकेन ।

उपाधिसंगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button