मधुमेह एवम् साधारण स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न
काठमाडौँ, २२ मङ्सिर । बृहत मधुमेह तथा साधारण स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघ, अनमोल वचत तथा ऋण सहकारी संस्था लि. र वुद्धमाइ हस्पिटलको संयुक्त आयोजना एवम् कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ को समन्वय र देवल फार्मेसीको विशेष सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सका अध्यक्ष दिपक थापाको अध्यक्षता र लायन दिप्रश शाक्यको संयोजकत्वमा भएको सो बृहत मधुमेह एवम् साधारण स्वास्थ्य परीक्षण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा कागेस्वरी न पा ९ का अध्यक्ष कुन्दन खड्का, लायन बिनय बस्नेत ( इभ्यालुएशन चिफ ) लायन कुन्दन खड्का ( डिष्ट्रीक लिगल चिफ ), लायन अमर ज्योति रन्जित ( एरिया चिफ एरिया नम्बर १ डिस्ट्रीक ३२५ बी २ ), लायन श्याम कृष्ण दाहाल , लायन दिपक आचार्य, लायन यदुराज लामिछाने आशिष (डिष्ट्रीक डिपार्टमेन्ट चिफ), एमजेएफ लायन अनिल कुमार बराल ( जोन चेयर पर्शन ) नाटक तथा चलचित्र लेखक तथा निर्देशक एवम् आर. टी.आइ. एइड इन्टरनेश्नल नेपालका अध्यक्ष जीवन थापा “क्षितिज” संचारकर्मी एवम् सिनेकर्मी कृष्णजित राई, अनमोल बचत तथा ऋण सहकारी संस्थाका संचालक सन्तोष श्रेष्ठ, लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सकी अध्यक्ष स्मृती कुँवर लगायत अन्य लायन्स लियो तथा अन्य व्यक्तिहरुको को उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि थापाले लायन्स क्लव लगायत अन्य संघसंस्था मिलेर गरेको स्वास्थ्य शिविरले आम नगरबासीलाई राहत मिलेको बताउनुभयो । उहाँले कोरोना कहरको विशेष परिस्थितिले गर्दा हस्पिटलसम्म जान नसकेका अति बिपन्न नागरिकको निशुल्क मधुमेह तथा साधारण स्वास्थ परीक्षणले सबैलाई हर्षित बनाएको बताउनुभयो । विशेष अतिथिको तर्फबाट बोल्दै लायन विनय बस्नेतले यस्तो स्वास्थ्य शीविरले अति विपन्न नागरिकलाई विशेष सहयोग पुग्ने भन्दै आयोजको काम प्रति विशेष धन्यवाद दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजकको तर्फबाट पुर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स ब्यवसायी संघका अध्यक्ष रमेश घिमिरेले स्वास्थ्यजस्तो संवेदनशील विषयको कार्यक्रम लायन्स क्लवसँग मिलेर गर्न पाउँदा आफूहरु हर्षित भएको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा करीब एक सय जनाले प्रत्यक्ष रुपमा निशुल्क स्वास्थ्य जाँच गराएका थिए । सो कार्यक्रममा डा. रोजन अधिकारी, डा. विकास शाहनी, डा. रमेश पौडेल, डा. साकेत झा, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको कुशल नेतृत्व वुद्धमाई सेन्टरका प्रवन्ध निर्देशक एवम् लायन लक्ष्मण भण्डारीले गर्नुभएको थियो । कार्यक्रमलाई विशेष सम्वोधन गर्दै सभाध्यक्ष लायन दिपक थापाले सबैलाई धन्यवाद दिनुभयो ।