मन्त्री, सचिवहरुसँग कामको प्रगतिमाग्दै मुख्यमन्त्री राई

0
105

विराटनगर,४ चैत्र  । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगतिमाग गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) आयोजित मन्त्रालयगत चौमासिकप्रगति समीक्षा बैठकमा मन्त्रीतथा सचिवहरुलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगतिमाग गर्नुभएको हो । बैठकमा मुख्यमन्त्री राईले पाक्षिक रुपमा मन्त्रालयगत मन्त्री र सचिवले प्रगति समिक्षा गर्न निर्देशन समेत दिनुभएको छ ।प्रत्येक मन्त्रालयहरुले पाक्षिक रुपमाप्रगति समिक्षा गर्नुहोस् मुख्यमन्त्री राईले निर्देशनदिँदै भन्नुभयो, प्रत्येक महिनाकामको प्रगतिविवरण मुख्यमन्त्री कार्यालयमा यसरी नै बसेर छलफल गरौला । नीति, कार्यक्रम र बजेट शिर्षकमा रहेर काम गर्न पनिमन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईले निर्देशनदिनुभएको छ । उहाँले असारे विकासमा ध्यान नदिन सचिवहरुलाई निर्देशनदिदै भन्नुभयो, अरुबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको हामीले अन्त्य गर्नुपर्छ । बलियो इच्छाशक्तिका साथकाम गर्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई आग्रह गर्नुभयो, कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति नबिगार्न उहाँले आग्रह गर्नुभयो । अनुत्पादकक्षेत्रमा बजेट खर्च नगर्न निर्देशनदिँदै मुख्यमन्त्री राईले भन्नुभयो, उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु । यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकतिपनि खेर नफाल्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियो । प्रगति समिक्षामा प्रमुख सचिव केदानन्यौपानेले सबै सचिवहरुलाई समन्वय गरेर काम गर्न निर्देशनदिनुभयो । चार चार महिनामा मन्त्रालयगत रुपमा समिक्षा बैठक हुुँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानून सचिव भरतमणी रिजालले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here