Tune to BFM 91.2|Biratnagar

महरालाई सफाई


काठमाण्डौ ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाउनु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर आज सफाई दिने फैसला सुनाएको छ । प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । यो घटना १३ असोजमा बाहिर आएको थियो । त्यसबेला महरा र उहाँको सचिवालयले आरोप अस्वीकार गरेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उहाँलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगत्तै महराले सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button