महाकवी देवकोटाको सालिक अनावरण
विराटनगर, २९ कात्तिक । विराटनगर–८ मा निर्माण गरिएको महाकवी लक्ष्मीप्रसाद देवकोटाको शालिकको आज अनावरण गरिएको छ । महाकवी देवकोटाको १ सय १२ औ जन्मजयन्तीका अवसरमा विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुली र प्राज्ञ विवस पोखरेलले शालिकको संयुुक्त रुपमा अनावरण गर्नुुभयो ।
सालिक अनावरण गर्नुुहुुदै महानगरपालिकाका प्रमुुख पराजुुलीले प्रजातन्त्रका लागि देवकोटा पुुस्तकालयको भूमिका महत्वपुुर्ण रहेको उल्लेख गर्दै प्रजातन्त्रको पुुर्नस्थापना पछि विराटनगरवाट प्रधानमन्त्री हुुनुु भएका सवैकोे सालिक निमार्ण गर्ने तयारीमा महानगर रहेको वताउनुुभयो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका उपप्रमुुख इन्दिरा कार्कीले महाकवी देवकोटाले साहित्यक्षेत्रमा पुुर्याएको योगदानको चर्चा गर्नुुभयो । महानगरपालिकाले करिव १९ लाख रुपैयाको लागतमा सालिक निर्माण गरेको हो ।