Tune to BFM 91.2|Biratnagar

महानगरपालिकालाई खाद्यान्न उपलब्ध

विराटनगर, १८ वैशाख । सेवा निवृत कर्मचारी समाजले विराटनगर महानगरपालिकालाई खाद्यान्न उपलब्ध गराएको छ ।

लकडाउनमा पीडित भएकालाई राहतस्वरुप समाजले महानगरपालिकालाई खाद्यान्न उपलब्ध गराएको हो । समाजले राहत वितरणकालागि भन्दै चामल १० क्वीन्टल,तेल ३ कार्टून र नुन २ सय २० पोकागरि ५० हजार मुल्य बराबरको सामाग्रि उपलब्ध गराएको छ ।

महानगरपालिका परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच समाजका पदाधिकारीले महानगरका प्रमुख भीम पराजुलीलाई खाद्यान्नको विवरण उल्लेख गरिएको पत्र हस्तान्तरण गरेकाथिए ।

खाद्यान्न भने ै महानगरपालिकाको जिन्सी शाखामा उपलब्ध गराइएको थियो । लकडाउनका कारण प्रभावित ज्याला मजदुरी बर्ग र अतिविपन्नलाई एकद्वार प्रणालीबाट राहत उपलब्ध होस भन्ने उद्धेश्यसहित महानगरपालिकालाई खाद्यान्न उपलब्ध गराइएको समाजका अध्यक्ष परशुराम नेपालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button