महानगरपालिकालाई राहत हस्तान्तरण
विराटनगर २१ वैशाख। कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन ४१ दिन पुगीसकेको छ ।
लकडाउनको अबधि थपिएसंगै दैनिक ज्यालामजदुरी गरेर जीवन चलाइरहेका सबै तहका मानिसहरू आर्थिक अभावमा भोकै बस्नुपर्ने अवस्था दिनदिनै सिर्जना हुँदै गएको छ ।
महानगरभित्रबसोबास गर्ने विपन्न र अभावमा रहेका व्यक्तिहरूलाई राहतप्रदान गर्न सहज होस् भनेर इसाई समाज विराटनगरले ५५ हजार रुपैया बराबरको ५० बोरा मन्सुली चामल विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
इसाई समाजे धार्मिक संगठन भएको कारणले नागरिकको पीडा महशुस गर्दै सानो भएपनि सहयोग उपलब्ध गराएको समाजका अध्यक्ष सुरज मल्लले बताउनुभयो ।पहिलो चरणमा चर्चभित्र रहेका प्रभावितहरुलाई चर्चकै व्यक्तिहरूको सहयोगद्वारा राहत उपलब्ध गराएको समाजले दोस्रो चरणमा समाजमा आवद्ध विभिन्न चर्चहरू र इसाई संघसंस्थाहरूबाट सहयोग संकलन गरी महानगरलाई राहत उपलब्ध गराएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
आज राहत बुझ्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजमा भएका हरेक धार्मिक निकायहरूले यसरी नै सहायता गरे जस्तोसुकै ठूलो संकटकोे सामना गर्न पनि सकिने बताउनुभयो ।