Tune to BFM 91.2|Biratnagar

महान्यायाधिवक्तामा बडाल सिफारिस, शपथ आइतबार

विराटनगर, ६ चैत । महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस हुनुभएको छ । अधिवक्ता बडाललाई सरकारले महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले बताएको छ ।

उहाँको नियुक्ति र शपथ आइतबार हुने बताइएको छ । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई नियुक्त गर्न लागिएको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय सचिव हुनुहुन्छ ।

उहाँ श्रम कानुनका विज्ञ मानिनुहुन्छ । महान्यायाधिवक्ताले प्रधानमन्त्रीका मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button