महिलाको हत्या गरेर फरार रहेका चूँडाल पक्राउ

0
58

विराटनगर, २५ भदौ । मोरङको रतुवामाईमा एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट गएराति उनलाई पक्राउ गरेको हो । हत्या गरिएकी अन्दाजी ३५ वर्षीय महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । पक्राउ परेका व्यक्तिले ती महिलालाई दुई वर्षदेखि आफूसँगै राख्दै आएको खुलेको छ । प्रहरीका अनुसार नाम सिर्जना पोखरेल र घर झापाको बिर्तामोड भनेर प्रारम्भिक जानकारी आए पनि यकिन भइसकेको छैन । गत शनिबार बिहान रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत भेटिएकी थिइन् । प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबारराति मृत्यु भएको थियो । दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर काम गर्न जान्छु भन्दै त्यहाँबाट उनी हिँडेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए । अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here