महिलामाथि आक्रमण गर्न खोज्ने छ जना पक्राउ

0
85

विराटनगर, २७ कात्तिक । मोरङको रतुवामाई नगरपालिका–८ गुरुङ चोकबाट महिलामाथि आक्रमण गर्न खोज्ने छ जनालाई प्रहरीले गयराति पक्राउ गरेको छ । घरमा बसिरहेका बेला राति साढे ८ बजे होहल्ला गर्दै पुगेका युवाहरुले ३४ वर्षीय चन्द्रमाया मगरलाई दुरव्यवहार गर्दै आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रतुवामाई–५ का २७ वर्षीय यादव पाठक, केदार कटुवाल, २३ वर्षीय सागर कटुवाल, २० वर्षीय सन्दीप राई, २१ वर्षीय प्रकाश राई र १९ वर्षीय दिवश राई रहेका छन् । पक्राउ परेकाहरुमाथि अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here