Tune to BFM 91.2|Biratnagar

महिलामाथि दुरव्यवहार गर्ने युवा विराटनगरबाट पक्राउ

विराटनगर, १९ साउन । महिलामाथि दुरव्यवहार गरेको सूचनाका आधारमा प्रहरीले विराटनगरबाट एक युवालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतोलाई गय राति पक्राउ गरेको हो । मध्यरातमा अर्काको घरमा छिरेर महिलामाथि दुरव्यवहार गरेको सूचना आएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले राति ११ः४५ बजेतिर महतोलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ परेका युवालाई हिरासतमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिनु भयो । उहाँका अनुसार महतोले महिलामाथि दुरव्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button