Tune to BFM 91.2|Biratnagar

महिलालाई अश्लिल गाली गर्ने टेलिकमका कर्मचारी विराटनगरबाट पक्राउ

विराटनगर, २६ माघ । सार्वजनिक स्थलमा एक महिलामाथि अश्लिल गालीगलौज र दुरव्यवहार गरेको घटनामा संलग्न नेपाल टेलिकमका एक कर्मचारी विराटनगरबाट गय राति पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कटुवाल टेलिकम विराटनगर कार्यालयमा सहायक अधिकृतका रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि पक्राउ गर्न खटिएको प्रहरी टोलीले कटुवालाई घरैबाट नियन्त्रणमा लिएको हो । घटना अनुसार आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर महिला हिजो दिउँसो घरतर्फ फर्कदै थिइन् ।

त्यही बेला मोटरसाइकलमा रहेका कटुवालले बाटो छेकेर विराटनगरको बरगाछी आसपासमा ति महिलालाई अश्लिल गाली र दुरव्यवहार गरेको पाइएपछि कटुवाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । कटुवाललाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । पीडित महिलाले साँझ घटना विवरण खुलाएर उजुरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी खड्काले बताउनु भयो ।

कटुवालले यसअघि पनि ति महिलामाथि विभिन्न गालीगलौज र दुरव्यवहार गर्ने गरेको पाइएको छ । कटुवालबाट बारम्बार घटना दोहोरिन थालेपछि प्रहरीमा उजुरी परेको हो । पछिल्लो पटक सार्वजनिक स्थलमा महिलामाथि अश्लिल गालीगलौज गर्दै दुरव्यवहार गरेको स्थानीय बासिन्दाले पनि देखेको प्रहरीले जनाएको छ । कटुवालविरुद्ध कारबाही अघि बढाउन थप कुरा बुझ्ने काम भइरहेको एसपी खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button