महिलाहरुको प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल बिस्तार गर्ने

0
109

विराटनगर, २२ फागुन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले महिलाहरुको प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल बिस्तारको तयारीमा रहेको बताउनुभएको छ ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजना गरेको महिला हक अधिकारसम्बन्धी दुईदिने प्रादेशिक महिला सम्मेलनमा बोल्नुहुंदै उहाँले सो कुरा वताउनु भएको हो । कार्यक्रमका सहभागि महिला जनप्रतिनिधिहरुले प्रदेश सरकार महिलामैत्री नभएको प्रश्न उठाएपछि प्रत्युत्तरमा मुख्यमन्त्रीले महिलालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तारको तयारीमा रहेको प्रष्ट पार्नुभयो । अब छिट्टै विस्तार हुने प्रदेश मन्त्रीमण्डलमा महिलाहरुलाई समुचित स्थान दिइने मुख्यमन्त्री राईको भनाई थियो । सहभागिले नै उठाएका जिज्ञासाको जवाफ दिनुहुंदै प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले १ नम्बर प्रदेशलाई महिलामैत्री बनाईने बताउनुभयो । उहांले त्यसका लागि ऐन, कानुन र निति निर्माण गर्नुपर्ने भएकाले त्यसको पूर्वअभ्यासका लागि दुइदिने कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रमबाट प्राप्त सुझावले प्रदेश सरकारको महिलासम्बन्धी नीति, महिला उत्थानका कार्यक्रम र कार्ययोजना बनाउन सघाउ पुग्ने मन्त्री घिमिरेले बताउनुभयो ।नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशस्तरीय दुई दिने महिला सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा १ सय ३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ, महिला मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here