महिला हिंसा अन्त्यका लागि प्रदेश १ सरकारको प्रतिबद्धता

0
126

विराटनगर, १८ कात्तिक । प्रदेश १ का सरकारले लैंगिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मुख्यमन्त्री, मन्त्री, सभामुख, एवंम सांसदहरुले लैंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरेका हुन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आज विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा सो सामुहिक प्रतिबद्धता व्यक्त गरिएको हो । कार्यक्रममा प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधहरुले पनि लैंगिक हिंसा हुन नदिने र आफूले पनि नगर्ने प्रतिबद्धता सार्वजनिक समारोहमार्फत व्यक्त गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले जुुनसुकै हिंसालाई पनि प्रश्रय नदिने गरि प्रदेश एक सरकारले कानून बनाएर कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले जस्तोसुकै पद र ओहोदामा रहे पनि महिलामाथि हिंसामा संलग्न हुनेलाई सरकारले उन्मुक्ति दिन नसक्ने बताउनुभयो । सरकार महिला हिंसा अन्त्य गर्नका लागि संवेदनशील भएको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here