महिला हिंसा विरुद्धको १६ दिने अभियान देशभरी

0
37

विराटनगर, २१ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान देशभरी चलिरहेको छ । प्रदेश नं. १ मा पनि विभिन्न सामाजिक संघ संस्थाका अगुवाईमा दिनहुँ जसो कार्यक्रम भईरहेका छन् । महिला हिंसाका घटना विगतको जस्तो नभएको स्थानीय जनप्रतिनिधिहरु दावी गर्दछन् । जनप्रतिनिधी आइसकेपछीको अबस्थामा महिला हिंसाको घटना विगतको तुलनामा घटेको संखुवासभा नगरपालिकाकी उपप्रमुख शोभा घिमीरेले बतायनु भयो े ।महिला हिंसा बढ्दै जानुको मुख्य कारण चेतनाको अभाव, कमजोर सरकारीतन्त्र, मदिराजन्य पदार्थको खुल्ला विक्री वितरण लगायतलाई लिने गरिन्छ । नेपाली महिलाहरुको हिंसा सहने वानी, पारिवारिक, सामाजिक डरले दूषित क्रियाकलापहरु बाहिर निस्कन नसक्दा हिंसात्मक कार्यहरु अझ बढ्दै गएको सरोकारवालाहरु बताउने गर्दछन् । विगतको तुलनामा महिलाहरु धेरै सचेत भएपनि जिम्मेवार निकाय जवाफदेही नभएको अधिकारकर्मी, सञ्जु साह को भनाई छ । महिला हिंसा न्युनीकरणका लागि प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयलेले पनि विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको छ । १६ दिने कार्यक्रम गर्दैमा महिला न्युनीकरण नहुने भएकाले महिलाको आर्थिक शसक्तिकरण महत्वपूर्ण विषय भएकाले सोही अनुसार काम गरिरहेको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here