Tune to BFM 91.2|Biratnagar

महेन्द्र मोरङ क्याम्पसमा अनलाइन कक्षा सुरू

विराटनगर, २९ चैत । महेन्द्र मोरङ क्याम्पस विराटनगरले अलनाइन कक्षा देखि सुरु गरेको छ । कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी कक्षाकोठामा उपस्थित हुन सक्ने अवस्था नभएपछि मोरङ क्याम्पसले बीसीए कार्यक्रम अन्तर्गत पहिलो र तेस्रो सेमेस्टार अध्ययनरत विद्यार्थीका लागि अनलाइन कक्षा सुरुवात गरेको हो ।

बीसीएका संयोजक डा अच्युतराज कट्टेलले कोरोना भाइरसको विश्वव्यापी महामारीले क्याम्पसका सम्पूर्ण कक्षाहरु बन्द भएको बेला अनलाइन कक्षा एउटा बिकल्प रहेकोले हप्तामा कम्तिमा ६ वटा कक्षा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

मोरङ क्याम्पसले सूचना र प्रविधिसँग सम्वन्धित बीसीए कार्यक्रमको पढाई २०७५ सालदेखि सुरुवात गरेको थियो । प्रविधिको पहुँच भएका शैक्षिक संस्थाले कोर्स पूरा गर्नका लागि भिडियोमार्फत कक्षा सञ्चालन गर्ने अभियानसँगै मोरङ क्याम्पसले पनि भर्चुअल कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिनाले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणको बेला विश्वव्यापी रुपमा सबै देशमा लकडाउनका कारण शैक्षिक संस्थाको पढाई स्थगन भएको अवस्थामा भर्चुअल कक्षाका लागि ‘जूम एप्स’ लोकप्रिय भएसँगै मोरङ क्याम्पसले पनि यही एप्स उपयोगमा ल्याएको उहाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button