माइपोखरी क्षेत्रमा भीषण आगलागी

0
115

विराटनगर, ३० फागुन । इलामको धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी क्षेत्रमा भीषण आगलागी भएको छ । सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरीबजारमा बिहीबार दिउँसो १ बजेदेखि लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीका कारण माइपोखरी प्रवेशद्वारअगाडिका तीनओटा घर जलेर नस्ट भएका छन् ।

स्थानीय चक्र मुखियाको घरबाट सुरु भएको आगलागीबाट उनका छिमेकी कमल मुखिया र निमदोर्जे शेर्पाको घरसमेत जलेको प्रहरीले जनाएको छ । बस्तीसँगै नजिकको वनमासमेत आगो सल्केको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । इलाम सदरमुकामबाट दमकलसहित थप सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here