Tune to BFM 91.2|Biratnagar

माईती नेपालको रिपोर्ट : मोरंगमा १० वर्षमा ९६६ महिला वेपत्ता

विराटनगर १२ वैशाख । मोरङ जिल्लाबाट बर्षेनी एक सय महिला बेपत्ता हुनेगरेको पाइएको छ । मानव बेचबिखन र घरेलु हिंसा न्युनिकरणका क्षेत्रमा काम गर्ने माईती नेपाल विराटनगरको तथ्यांकमा मोरङ जिल्लाबाट गएको १० बर्षमा ९ सय ६६ महिला बेपत्ता भएको उल्लेख छ ।

सो संस्थाले बार्षिक रुपमा गरेको गतिविधिका बिषयमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । भारतमा रोजगारी लगाइदिने तथा विहाबारी लगायतको प्रलोभन दिएर दलालहरुले भारत लगायत तेश्रो मुलुक पुर्याएर महिला तथा किशोरीहरुलाई बेपत्ता बनाउने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । अप्रिल २०२० देखी मार्च २०२१ सम्म गरेको कामको प्रगतीको वारेमा कार्यालयले जानकारी दिदै उक्त संस्थाले विगत एकवर्षमा वेचविखनका लागि भारत लैजादै गरेका ३७ जनालाई विराटनगर स्थित सिमानाकावाट उद्धारगरि परिवारको जिम्मा लगाइएको जनाइएको छ ।

उद्धार गरिएकाहरुमा प्रदेस एकका मात्र नभई सिन्धुपालचोक जिल्लाका समेत महिला रहेका छन । अघिल्लो वर्षको सोहि अवधिमा १ सय १० जनाको उद्धार गरिएको थियो । गत एकवर्षमा उक्त संस्थामा ११ वटा जर्वदस्तीकरणीका घटनाहरु आएको जनाइएको छ । त्यसमा १८ वर्षदेखि २६ वर्ष मुनिका रहेका छन । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमवाट वालवालिका देखी महिलासम्मलाई फकाएर प्रलोभन देखाई भारत लैजाने गिरोहनै सक्रिय भएर लागेको संयोजक बिनोद पोखरेलले वताउनुभयोे ।

कोभिड–१९ कारण विराटनगरको रानी वोर्डर नाका शिल भएपनि चोरवाटो भएर दलालहरुले प्रलोभनमा पारेर नेपाली चेलीलाई भारत पुर्याउने गरेको उहाँले वताउनुभयो । माइती नेपालले विराटनगर स्थित नाकामा कामगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button