माईभ्याली गोल्डकपका लागि १० हजार दर्शक अटाउने प्याराफिट निर्माण

0
76

इलाम, ४ बैशाख । इलाममा हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । यही वैशाख ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने गोल्डकप हेर्न उपस्थित हुने दर्शकका लागि बाँसको प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भइरहेको आयोजक माईभ्याली फुटबल क्लबले जनाएको छ । मैदानमा पक्की प्यारापिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । मैदानको माथिल्लो भागमा माटोको प्यारापिट भए पनि तीन तिरको भागमा वर्सेनि बाँसको प्यारापिट निर्माण गर्नुपर्ने बाध्यता छ । श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले आयोजकलाई आर्थिक भार बोझिलो बन्दै गएको छ । जसका कारण हरेक वर्ष प्यारापिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ । यसवर्ष आठ लाख रुपैयाँ खर्चेर प्यारापिट निर्माण गरिँदै छ । प्रतियोगितामा यस वर्ष नेपाल, भारत र बंगलादेशका १२ टिम सहभागी हुँदै छन् ।
…………..

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here