Tune to BFM 91.2|Biratnagar

माओवादी संसदीय दलको नेता एमाले केन्द्रीय सदस्य

विराटनगर, २९ फागुन । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता टंक आङवुहाङ एमाले केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।

अध्यक्ष ओलीले शुक्रबार रामबहादुर थापा वादल समूहबाट थपिएका २३ जना केन्द्रीय सदस्यमा आङवुहाङ पनि हुनुहुन्छ । उहाँ ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीको पुस ५ को कदम पछि दाहाल नेपाल समूहबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएका उहाँ केही समय अघि दाहाल नेपाल समूहबाट अलग भएको बताउनु भएको थियो ।

संसदीय दलको नेता नै एमाले केन्द्रीय सदस्य भएपछि चैत २ गतेको बैठकमा के गर्ने भन्नेमा माओवादी केन्द्रमा अलमल भएको छ । पार्टी एकीकरण अघि माओवादीले संसदीय दलको नेता मात्र चयन गरेको थियो । पार्टी एकीकरण पछि आङवुहाङ संसदीय दलको उपनेता थिए ।

चैत २ गतेको बैठक अघि नै माओवादी केन्द्रको भेला काठमाण्डौंमा बोलाईएका कारण सो बैठकमा उपस्थित हुने संभावना कम भएको प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button