माघ २५ र २६ गते हात्तीपाइले रोग विरुद्ध औषधि खुवाईने

0
58

विराटनगर, २ माघ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिकामा आगामी माघ २५ र २६ गते हात्तीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । महानगरपालिका क्षेत्रमा विगतका वर्षहरुमा भएका हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान प्रभावकारी नभएपछि यसपटकको अभियान नयाँढंगवाट सञ्चालन गरिने भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखालेले विराटनगरमा आज गरेको छलफल कार्यक्रममा यसपटकको सो अभियान अन्र्तगत महानगरपालिकाका २ लाख ४७ हजार ४ सय जनालाई औषधि खुवाईने लक्ष्य रहेको महाशाखा प्रमुख रमेश कार्की क्षेत्रीले वताउनुभयो । विगतमा हात्तीपाईले विरुद्धको औषधि खुवाईने अभियान प्रभावकारी नहुदा छैठौं चरणमा सक्नुपर्ने यो अभियान ९ औ पटक संचालन हुन लागेको हो । हात्तिपाईले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नगर्ने र औषधि सेवनवाट अहिले सम्म कसैको मृत्यु नभएकाले निर्धक्क भएर औषधि सेवनगर्न समेत महाशाखा प्रमुख कार्कीले महानगरवासीलाई आग्रह गर्नुभयो । विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी वनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना स्वयंसेविका परिचालन गरिने छ । महानगरपालिकाको १९ वटै वडामा केन्द्र स्थापना गरेर हात्तिपाइले रोग विरुद्ध औषधि खुवाइने र छुटेकाहरुलाई भोलीपल्ट घरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको कार्कीले वताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवनमा डर र कुनै शंखा नर्गन आग्रह गर्नुभयो । उहाले यो अभियानलाई सफल वनाउन राजनितिकदलका नेता, स्थानीय निकाय प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले औषधि खाएर कार्यक्रमको शुभारम्भ गरिने वताउनुभयो । सन् २०२० सम्म हात्तीपाइले रोग नियन्त्रणगर्ने सरकारको लक्ष्य रहेको छ । अहिलेपनि सहरी क्षेत्रमा औषधि सेवन अभियान प्रभावकारी नहुदा समस्या हुने गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here