मानव अधिकारको पहुँच सबै ठाउँमा पुर्याउन माग

0
34

विराटनगर, ४ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले ग्रामीण क्षेत्रका जनतासम्म पहँुच पुर्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । इन्सेक प्रदेश १ कार्यालय विराटनगर र पूर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजना गरिएको मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राष्ट्रिय मानवअधिकार संयन्त्रहरुबीचको समन्वयकारी भुमिका विषयक प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । सरोकारवालाहरूले संविधानले सबै आयोगको प्रदेश कार्यालय स्थापनागर्नुपर्ने उल्लेख गरेपनि राष्ट्रिय मानवअधिकार आयोगबाहेक अरुको कार्यालय स्थापना नभएको बताए । उनीहरुले मानवअधिकार आयोग सहित आठ बटै आयोगको प्रदेश कार्यालय स्थापनागर्नुपर्ने जोड दिए । राष्ट्रिय मानवअधिकार आयोगमा सबै आयोगको प्रतिनिधी राखेर समाबेशी बनाउँदै स्थानीय तह सम्म पुर्याउनुपर्ने सरोकारवालाहरूको सुझाव छ । कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख गोविन्द तुम्वाहाङले सबै आयोगको काम मानव अधिकारको संरक्षण र सम्बद्र्धन भएको एक अर्कामा समन्वय हुन जरुरी रहेको बताउनु भयो । सबै आयोगले छुट्टाछुट्टै कोणबाट घटना बारे अनुसन्धान गरे सत्य कुरा बाहिर आउन मद्धत मिल्ने भए पनि अन्य आयोगसंग समन्वय हुन जरुरी रहेको उहाँको भनाइ छ । प्रदेश १ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले राष्ट्रिय मानवअधिकार आयोग बाहेक अन्य आयोगहरुको काम अनुसन्धान र अन्वेषण गर्ने रहेकोले सबै आयोगका अध्यक्षहरु समावेश गरी मानवअधिकार आयोग बनाउनुपर्ने र समन्वयगरी काम गर्नुपर्ने बताउनु भयो । यसैगरी पुर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा पुर्व प्रधानन्यायधिश केदारनाथ उपाध्यायले सबै आयोगविच समन्वयहुन जरुरी रहेको बताउनु भयो । उपाध्यायले अहिले मानवअधिकारवादी सस्था कम क्रियाशिल हुदै गएको र राज्य पनि मानवअधिकारको मुद्दामा गम्भीर नभएको आरोप लगाउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य जयराम यादव, खिनु लिम्बुललगायले बोल्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here