Tune to BFM 91.2|Biratnagar

मानव अधिकार र पत्रकारिता विषयक तालिम

विराटनगर १३ माघ । मानव अधिकार र पत्रकारिता विषयक दुईदिने तालिम विराटनगरमा सुरु भएको छ ।राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र सञ्चारिका समूह, नेपालको सहकार्यमा दुईदिने तालिम सुरु भएको हो ।

सबैका लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मूल नारा अंकित ब्यानरमा आयोगको इसीएनएचआरसी परियोजनाले पत्रकार महिलाहरुका लागि तालिम आयोजना गरेको हो । तालिमको उद्घाटनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले मानव अधिकार र पत्रकारिता एकअर्काका परिपूरक भएकोले सहकार्यको अनिवार्यता रहेको बताउनु भयो ।

१ नम्बर प्रदेशका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा डा.पोरखेल, आयोगको प्रदेश कार्यालय विराटनगर निर्देशक नितु गड्तौला, सञ्चारिका समूह, नेपाल महासचिव बिमला तुम्खेवा र आयोगकी अधिकृत लक्ष्मी राईले प्रशिक्षकको रुपमा सहजीकरण गर्नुहुने सञ्चारिका समूह प्रदेश १ संयोजक इन्दिरा भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button