मानव बेचबिखन सम्बन्धि जनचेतनाआवस्यक
विराटनगर २४ माघ । विराटनगरका यातायात व्यवसायीले मानव बेचबिखन न्युनीकरणका लागि सचेतना आवस्यक रहेकोमा जोड दिएका छन् ।
हिजो विराटनगरमा साझा सवालका लागी साझा मञ्च (कोकन)ले आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध यातायातकर्मीको भुमीका विषयक अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीले सो कुरामा जोड दिएका हुन ।
यातायात व्यवसायी राजु धमलाले यातायात मजदुरहरुलाई बेचबिखन सम्बन्धी जनचेतना जगाउन सके उनीहरुले शंकास्पद व्यक्तिका बारेमा जानकारी दिनसक्ने बताउनुभयो । ट्याक्सी ब्यवसायी भीमसेन साहीले सचेतनाको अभावमा मानव वेचविखन हुने गरेको बताउनुभयो ।
लकडाउन पछीको अबस्थामा दैनिक ५÷६ जना बालबालिका हराउने गरेको तथ्यांक रहेको र बर्षेनी नेपालमा ३५ हजार ब्यक्ती बेचबिखनमा पर्ने गरेको मानवअधिकारकर्मी कोषराज न्यौपानेले बताउनुभयो ।
श्रमसंगै विभिन्न रोजगार दिने बहानामा तथा बिवाहको जालमा पारेर मानव बेचबिखन हुने गरेको उहाँले बताउनुभयो ।