Tune to BFM 91.2|Biratnagar

मानव सेवा आश्रममा रहेका सहयोगापेक्षीहरुलाइ भोजन

विराटनगर,३ बैशाख । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडक आश्रित सहयोगापेक्षीलाई उचित व्यवस्था गर्न महानगरपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ । मानव सेवा आश्रम विराटनगर–१० स्थितको भवनमा रहेका सहयोगापेक्षीहरुलाइ आज विहानको भोजन गराउने क्रममा उहाँले विराटनगर–५ रहेका सहयोगापेक्षीहरुको बाँकी जीवन सहजयापन गराउन पाउँदा ज्यादै खुशी लागेको बताउनु भएको छ ।

प्रमुख पराजुलीले अहिलेको समयमा कतिपयले आफ्नो बाबुआमालाई समेत सेवा नगरिरहेको अवस्थामा आश्रमले सडकबाट ल्याएका सहयोगापेक्षीलाई उचित स्याहार गरेकोमा प्रशंसा गर्नु भयो । महानगर प्रमुखकी धर्मपत्नी रन्जिता पराजुलीले आगामी दिनमा आश्रममा बसोवास गर्नेहरुलाई स्वास्थ्य उपचारको उचित व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

आश्रमका प्रमुख रामजी अधिकारी, सन्त कविर आश्रमका साहेव आर्दश दासले मानिसले आफ्नो जीवनमा गरेको सेवाको फल यही समयमा पाउने बताउनु भयो । आश्रमको विराटनगर–१० स्थित भवनमा चार बालबालिका सहित ७७ बसोवास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button