Tune to BFM 91.2|Biratnagar

मानेभञ्ज्याङ नाकाबाट नेपाल प्रवेश गरेका ८ जना पक्राउ

इलाम १९ , चैत । इलामको मानेभञ्ज्याङ नाकाबाट नेपाल प्रवेश गरेका ८ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भारतको दार्जिलिङस्थित सुकियामा काम गरेर बसेका ती नेपालीलाई मानेभञ्ज्याङ नाकाबाट नेपाल आउँदा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तेह«थुमको फेदापका ३० वर्षे दिलबहादुर भुजेल, २२ वर्षे गंगाबहादुर भुजेल, ४१ वर्षे राजकुमार भुजेल, १८ वर्षे टेकेन्द्र भुजेल, त्यही उमेरका सुमन भुजेल, २२ वर्षे धनबहादुर भुजेल, २० वर्षे संगम भुजेल र ३४ वर्षे जंगबहादुर भुजेल रहेका छन् ।

उनीहरू महिनादेखि भारतको सुकियामा काम गर्दै आएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर रमेश राईले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) का कारण देश नै लक डाउन भएर नाका बन्द भएका बेला नेपाल छिरेका उनीहरूलाई पशुपतिनगरमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button