Tune to BFM 91.2|Biratnagar

मारवाडी प्रीमियर लिग क्रिकेट हुने

विराटनगर, २५ माघ । नेपाल राष्ट्रिय मारवाडी यूवा मञ्चको आयोजनामा मारवाडी प्रीमियर लिग क्रिकेटको आठौे संस्करण विराटनगरमा हुने भएको छ ।आयोजक मारवाडी यूवा मञ्चले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको छ ।

खेल संयोजक मनिष अग्रवालले फागुन ५ गतेदखि ८ गते सम्म हुने प्रतियोगिता लीगकम नकआउटको आधारमा खेलाइने बताउनुभयो । प्रतियोगितामा १० वटा लिग खेल हुने अग्रवालले बताउनुभयो । लिगको पहिलो र दोस्रो हुने टिमविच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

मारवाडी समुदायविच खेलाइेन प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च स्वर्णकार युवा मञ्चका ५ टिमले प्रतिस्पर्धा गर्ने छन । खेलको विजेताले ४१ हजार नगद तथा ट्रफि र उप विजेताले १५ हजार तथा ट्रफि हात हात पार्ने छन ।

प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५ हजार १ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने देलाडीले नगद २ हजार १ सयका साथ ट्रफि हात पार्ने छन । उत्कृष्ट बलर तथा उत्कृट ब्याट्म्यानसमेतले नगद पुरस्कार तथा ट्रफि हात पार्ने छन । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button