मासिक बजार अनुगम गर्दै बेलबारी नगरपालिका

0
92
????????????????????????????????????

विराटनगर , ४ कात्तिक । बेलबारी नगरपालिकाले मासिक बजार अनुगमन गर्ने भएको छ । दशै अघि गरीएको अनुगमनमा बजारमा छ्याछ्याप्ती म्याद सकिकएका सामाग्रि भेटिएपछि मासिक बजार अनुगमन गर्ने भएको हो । मानब स्वास्थयमा प्रत्यक्ष असर पार्ने सामाग्रिहरु ब्यापरीहरुले खुलेआम बजारमा बेचेको पाइयो अनुगमन समतिका संयोजक महेन्द्र खड्काले भन्नुभयो, अब मासिक रुपमा अनुगमन गर्छौँ । उपभोक्ताले खरिद गर्ने दैनिक उपभोग्य सामाग्रिहरुमा नै ब्याबसायिहरुले लापरवाहरी गर्न थाले पछि अनुगमनलाई कडाई गर्न थालिएको उहाँले बताउनुभयो । डिपाटमेन्ट तथा सपिङ सेन्टरमानै धेरै सामाग्रिहरु म्याद गुज्रीएको पाइयो खड्काले भन्नुभयो हामीले अनुगमन गर्दा डेढ लाख भन्दा वढिको सामाग्रि ल्याएर नष्ट गरेका छाँै । दशै अगाडि किराना पसल अुनगमन गरेका छौँ अनुगमन समतिका सदस्य तथा स्वास्थय शाखाका संयोजक सन्तोष बिश्वकर्माले भन्नुभयो अब मासु, मिठाई, औषधि पसल, कपडा तथा होटलहरुमा तिहार भन्दा अगाडिनै अनुगमन गर्छाँै । उहाँले भन्नुभयो ठुला ब्यापारीहरुले म्याद गुज्रिन लागेका बस्तु गाँउका पसलमा पठाउदा रहेछन्, हामीले गाँउका पसलहरुमा समेत अनुगमन गर्न थालेका छौँ । उहाँका अनुसार अनुगमन समतिले बेलबारी, लालभित्ति, बाहुनि, लक्ष्मीमार्ग र भाउन्नेका बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा बिस्कुट् चक्लेट, चाउचाउ, तेल, मरमसाला तथा पेयपदार्थ लगायतका सामाग्रि म्याद गुज्रिएको भेटिएको अनुगमन समतिको भनाइ रहेको छ । अनुगमन समतिले उपभोक्ताले देख्ने ठाँउमा सामाग्रिको मुल्य सुचि टाँस्नका साथै नगरपालिकामा दर्ता गराएर मात्रै पसल संचालन गर्न निर्देशन समेत दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here