Tune to BFM 91.2|Biratnagar

मास्क लुकाउने लाई तीन लाख रुपैयाँ जरिवाना

विराटनगर, १० चैत । मास्क लुकाउने व्यवसायी राजेश अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । उपभोत्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार अनुचित ब्यापारीक ब्यवसाय गरेको ले कार्वाही गरिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरानगरका प्रमुख हिमालय बरालले जानकारी दिनुभएको छ ।

बजारमा मास्क अभाब भइरहेको बेला विराटनगर–९ घोगापुल छेउबाट ठूलो परिमाणमा हिजो मास्क बरामद भएको थियो । विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले विराटनगर ९ घोघापुल चोकमा रहेको श्री सर्जी इम्पेक्सबाट आइतबार मास्क बरामद गरेको थियो ।

राजेश अग्रवालको औषधि थोक बिक्री पसलबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको हो । कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

औषधी व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तु सरह लिइएको छ । तर, कतिपय औषधी विक्रेताहरुले भने प्रकोपको बेला कालोबजारी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button