Tune to BFM 91.2|Biratnagar

मिडिया हाउसहरूलाई स्वास्थ्य सामाग्री वितरण

विराटनगर २० वैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारकर्मी र मिडिया हाउसहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । महासंघले सोमबार मोरङभरीका संचारकर्मी र मिडिया हाउसहरूमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

दोस्रो लहरको कोरोना भाइरस तिव्र रूपमा फैलिएकोले यसबाट जोगिन जिल्लाभारीका संचारकर्मी र मिडिया हाउसहरूमा पुगेर प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनालले दिनुभयो ।

महासंघले मिडिया हाउस र पत्रकारहरूलाई सेनिटाइजर, माक्स वितरण गरेको छ । पत्रकार महासंघ मोरङका पदाधिकारी र कार्यसमिति सदस्यहरू विराटनगर महानगरपालिका भित्र रहेका १८ वटा मिडिया हाउसमा पुगेर माक्स र सेनिटाइजर वितरण गरेको हो । संक्रमणको विस्तार तीब्र रहेकोले आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कता र सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय तथा मापदण्डहरु अवलम्बन गरि संचारकर्मीहरुको लागि सुरक्षित भएर काम गर्ने वातावरण निर्माण गर्न पनि सबै सञ्चारगृहहरुलाई पत्रकार महासंघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button