Tune to BFM 91.2|Biratnagar

मिल्स एरियाका ३ सय २० परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २४ चैत । लायन्स क्लब अफ मिल्स एरियाले विराटनगरका ३ सय २० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

सो क्लबले विराटनगरको दक्षिणी वडाहरु वडानम्बर १५,१६ र १७ नम्बर वडाका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । लकडाउनबाट सबभन्दा बढी विपन्न परिवार नै प्रभावित भएकाले क्लबमार्फत राहत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष कैलाश साहले बताउनुभयो ।

सो क्रममा प्रतिपरिवार चामल १० किलोसहित दाल, नुन, तेल, आलु, च्युराभुजा र साबुन सहितका सामग्री वितरण गरिएको थियो । प्रतिपरिवारलाई १ हजार मूल्य बराबरको सामग्री वितरण गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।

आयोजक क्लबले घरमै पुगेर विपन्न परिवारलाई राहत उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button