Tune to BFM 91.2|Biratnagar

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विराटनगर १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा गएको टोलीले आज बिहान संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

३७ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको संसद् सचिवालयले जनाएको छ । दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्तावसँगै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ ।यसअघि संसदीय दलको निर्वाचनमा उहा राईसँग २ मतले पराजित हुनुभएको थियो। आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनुभएको छ ।

आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफै लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्री आङ्बोलाई हिजो साँझ मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन ।

प्रदेशसभामा नेपाली कांग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button