मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै

0
94

काठमाण्डौ २ बैशाख । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याउँ’ भन्ने नाराका साथ मुलुकभर एकसाथ आज, विद्यार्थी भर्ना अभियान सुरु भएको छ । बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबै तर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव खगराज बरालका अनुसार कक्षा १ मा सो संख्यामा विद्यार्थीहरु भर्ना हुनेछन् । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ । प्रदेश २ मा विद्यालय जाने उमेर समूहका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्यांक छ । अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको सचिव बरालको भनाई छ । यसका लागि प्रदेश २ सरकारले विशेष किसिमको अभियान नै चलाउने भएको छ । हरेक स्थानीय तहमा जनप्रतिनिधिले विद्यालय बाहिर रहेका बालबालिकालाई खोजी भर्ना गराउने प्रदेश २ सरकारको तयारी रहेको शिक्षा विभाग निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here