Tune to BFM 91.2|Biratnagar

मूल्य सस्तो भएपछि नेपालबाट भारततर्फ डिजेल तस्करी

विराटनगर २६ फागुन ।नेपालमा भारतको तुलनामा इन्धनको मूल्य सस्तो भएपछि तस्करी बढेको छ । प्रतिलिटर २० रुपैयाँसम्म सस्तो भएका कारण सीमावर्ती क्षेत्रबाट इन्धनको तस्करी बढेको हो ।प्रहरीका अनुसार विराटनगरमा पेट्रोल पम्पबाट खरिद गरेर इन्धन भारततर्फ तस्करी हुने गरेको छ ।

मङ्गलबार मात्रै प्रहरीले विराटनगर–१२ बखरीबाट १३ वटा ग्यालेनमा राखिएको ६ सय ८० लिटर डिजेल बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरूपमा चोरी निकासी गरी लैजानका लागि राखिएको अवस्थामा डिजेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

मोरङकै सीमावर्ती क्षेत्रमा केही दिनअघि तेल तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेसनबाट इन्धन खरिद गरेर नेपालमा वितरण गर्दै आएको छ । तर नेपालको तुलनामा भारतमा इन्धन महँगो भएका कारण सीमावर्ती क्षेत्रबाट भारत तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button